Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

भारतीय संसदमा ‘एनिमल’को मुद्दा उठ्यो, हिंसाको चित्रणप्रति सांसदको आपत्ति


1.3K
Shares

भारतीय संसदमा ‘एनिमल’को मुद्दा उठ्यो, हिंसाको चित्रणप्रति सांसदको आपत्ति

काठमाडौं, २३ मंसिर । सन्दीप रेड्डी भांगा निर्देशित हिन्दी फिल्म ‘एनिमल’लाई लिएर जनमत विभाजित छ । एकातिर यसले बक्स अफिसमा धमाका गरिरहेको छ भने अर्कोतिर ‘विषाक्त पुरुषत्व’को महिमामण्डन गरिएको भन्दै आलोचित पनि छ ।

अब यो विवाद भारतको संसदमा समेत प्रवेश गरेको छ । बिहीवारको राज्यसभा बैठकमा रणवीर कपुर स्टारर फिल्म ‘एनिमल’को मुद्दा उठ्यो । कांग्रेस सांसद रञ्जित रन्जनले ‘एनिमल’मा चित्रण गरिएका हिंसाप्रति आपत्ति जनाएकी छन् ।

आफ्नी छोरीले अपराधिक कथावस्तुको यो फिल्म हेरेपछि रोएको उनले संसदमा बताउनुभयो । भारतीय टिभी आजतकका अनुसार उहाँले संसदमा भन्नुभएको थियो ( सिनेमा समाजको ऐना हो । हामी सिनेमा हेरेर हुर्केका छौं र यसले युवालाई प्रभाव पार्न सक्छ । पहिले कबिर सिंह र पुष्पा जस्ता फिल्म थिए, अहिले एनिमल छन् । मेरी छोरी आफ्ना कलेजका साथीसँग फिल्म हेर्न गइन्, र बीचबाटै बाहिर निस्किन् किनभने किनभने उनी डराएर रोइरहिन् ।’

यो फिल्मले महिलामाथि हुने हिंसालाई देखाउने र युवा वर्गमा असर पार्न सक्ने उनले बताइन् । ‘कविर सिंहलाई हेर्नूस, उसले आफ्नी पत्नी, मानिस र समाजसँग कस्तो व्यवहार गर्छ ? तर, फिल्मले उसको कामलाई उचित ठह¥याउँछ । मान्छेले उसलाई रोल मोडल मान्न थालेका छन् । हामीले फिल्ममा देखेको हुनाले समाजमा पनि यस्तो हिंसा देखिरहेका छौं ।’

उहाँले फिल्ममा ‘अर्जन भैली’ गीतको प्रयोगको पनि आलोचना गरिन् । उक्त पञ्जाबी युद्ध गानलाई एउटा दृश्यमा बजाइएको छ जहाँ रणबीर कपूरको चरित्र हिंसात्मकरुपमा प्रस्तुत हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology