Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित ‘संकल्प यात्रा’ शुक्रवार गोरखा आइपुग्दै (यस्तो छ कार्यक्रम)


1.9K
Shares

एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित ‘संकल्प यात्रा’ शुक्रवार गोरखा आइपुग्दै (यस्तो छ कार्यक्रम)

मंसीर २१, गोरखा । नेकपा एमालेको पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित पदयात्रा अभियान शुक्रवार गोरखा आइपुग्ने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुभएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा पार्टीका केन्द्रीय पदाधिकारीहरुको समेत सहभागिता रहेको छ ।

अभियानमा सहभागी शुक्रवार दिउँसो ३ बजे मध्यपहाडी लोकमार्ग हुँदै गोरखा प्रवेश गर्ने कार्यक्रम रहेको एमाले जिल्ला कमिटिका सचिव काजीराम रोकाले जानकारी दिनुभयो । संकल्पयात्राको टोलीलाई एमाले गोरखाले मध्यपहाडी राजमार्ग अन्तर्गत गोरखा र लमजुङको सीमा ओख्ले खोलामा स्वागत गर्नेछ ।

दिउँसो ४ बजे पालुङटारको ठाँटीपोखरीमा कोणसभापछि संकल्पयात्रा गोरखा सदरमुकामतर्फ अघि बढ्ने सचिव रोकाको भनाई छ । गोरखा नगरपालिकाको छेवेटार, विरेञ्चोक र सदरमुकाममा स्वागतपछि अध्यक्ष ओली सहितका सहभागीहरु गोरखा बजारमै बास बस्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।

मंसीर २३ गते शनिवार बिहान साढे ७ बजे अध्यक्ष ओली सहित एमालेका केन्द्रिय पदाधिकारीहरुले गोरखाका विभिन्न सवालबारे स्थानीय सरोकारवालाहरुसँग होटल गोरखा गार्डेनमा अन्तक्र्रिया गर्ने कार्यक्रम तय भएको रोकाले बताउनुभयो । बिहान ९ बजे आरुघाट प्रस्थान गर्ने संकल्पयात्राको टोलीलाई भिमसेनथापा गाऊँपालिकाको घ्याम्पेसालमा स्वागत गरिनेछ भने आरुघाट बजारमा चियापान र भेटघाट कार्यक्रम हुनेछ ।

आरुघाटबाट संकल्पयात्राको टोली धादिङको सल्यानटार हुँदै बागमती प्रदेश प्रवेश गर्नेछ । सम्बन्ध स्थानीय ः सन्देश राष्ट्रिय भन्ने नारा सहितको अभियान गत मंसीर १४ गते बैतडीको झुलाघाटबाट शुरु भएको हो । मध्यपहाडी लोकमार्ग हुँदै आगामी पुष २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर संकल्पयात्राको समापन हुने नेकपा एमालेले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसरमा शुरु गरिएको यो अभियानले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउन योगदान गर्ने एमालेको विश्वास छ । फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology