Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा


1.3K
Shares

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौ, २१ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने पाकिस्तान सुपर लिग पिएसएलको ड्राफ्टमा परेका छन् । उनी ‘प्लाटिनम’ श्रेणीबाट ड्राफ्टमा हुन् ।

प्लाटिनम श्रेणीमा सन्दीपसँगै अस्ट्रेलियाका ड्यानियल साम्स, एस्टन अगर, इङ्ल्यान्डका क्रिस जोर्डन, डेभिड विली, डेविड मलान, टम करन, न्यूजिल्याण्डका जेम्स निशम, दक्षिण अफ्रिकाका रस्सी भान डेर दुसेन, इमरान ताहिर, श्रीलंकाका महिस थिकसाना, दासुन सानका, वेस्ट इण्डिजका किरण पोलार्ड, रोभम्यान पावेल, रोमारियो सेफर्ड, ब्रान्डन किङ र कायल मायर्स रहेका छन् ।

यदि कुनै टिमले अनुबन्ध गरेमा सन्दीपले १ लाख ३० हजारदेखि १ लाख ७० हजार अमेरिकी डलर पारिश्रमिक पाउनेछन् । सन्दीपले यसअघि पनि पिएसएल खेलिसकेका छन् । उनले यसअघि लाहोर कलन्दर्सबाट पिएसएल खेलेका थिए । पिएसएलको ड्राफ्ट आगामी बुधबार तथा प्रतियोगिता १३ फेब्रुअरीदेखि १९ मार्चसम्म सञ्चालन हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology