Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या


2.6K
Shares

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

दाङ, २० मंसिर । श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको सिद्धकुमाख गाउँपालिका–३ का ४५ वर्षीय डम्मर सार्कीले ४० वर्षीया श्रीमती शितली सार्कीको दाउरा र बञ्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिनुभयो । घटना मंगलबार बेलुकी आठ बजेतिरको भए पनि बुधबार बिहान सवा ८ बजेतिर मात्रै प्रहरीले खबर पाएको धमलाले बताउनुभयो ।

घरमा नाबालक छोराछोरी रहे पनि आफन्तको घरमा गएको समयमा डम्मरले श्रीमती शितलीको दाउरा र बञ्चरो प्रहार गरी हत्या गरेको खुलेको धमलाले बताउनुभयो ।

हत्या आरोपित डम्मर हत्यापछि बुधबार बिहान प्रहरी चौकी ढोरचौरतर्फ आफैं आउन लागेको देखेपछि प्रहरीले नियन्त्रणमा लिएको धमलाले जानकारी दिनुभयो । हत्याको कारण खुलिनसकेको तर दुबैले मदिरा सेवनपछि आपसी विवाद हुँदा डम्मरले आवेगमा आएर दाउरा र बञ्चरो प्रहार गरी हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुलेको धमलाले बताउनुभयो । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ । शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल खलंगामा लगिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology