काठमाडौं, २० मंसिर । साताको चौथो दिन बुधबार सुनको भाउ ८ सय रुपैयाँले घटेको छ । बुधबार सुनको भाउ तोलामा ८ सयले घटेर १ लाख १८ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको भाउ मंगलबार पनि तोलामा २ हजार ४ सयले घटेको थियो । मंगलबार छापावाल सुन तोलाको १ लाख १९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । सोमबार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
बुधबार चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा ४५ ले घटेर १ हजार ५ सयमा झरेको चाँदी आज २० रुपैयाँले घटेर १ हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।