धनबहादुर तामाङ
गोरखा, १८ मङ्सिर । सिरानचोक गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष जगदिश्वर ढकालले आफ्नो वडाको विद्यालयले पालिका स्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधी जिते वडाको तर्फबाट १ लाख ५० हजार पुरस्कार दिने घोषणा गर्नुभएको छ ।
मंगलबारदेखि सुरु हुन लागेको गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा वडा नम्बर ३ बाट महेन्द्र लिला माध्यामिक विद्यालय हर्मीले पनि सहभागिता जनाउदैछ ।
वडा नम्बर ७ स्थित बडारे खेल मैदानमा हुने प्रतियोगितामा गाउँपालिका भित्रका १६ वटा सामदायिक विद्यालयका गरि करिव ४ सय जना विद्यार्थीहरुले प्रतिस्पर्धा गर्दैछन । विद्यार्थीहरुको खेल प्रतिको चाहानालाई अझ प्रोत्साहन गर्ने उद्देश्यले आफुले नगद पुरस्कारको घोषणा गरेको अध्यक्ष ढकालले बताउनु भयो ।
प्रतियोगितामा सहभागीता जनाउन लागेको खेलाडीहरुलाई विदाईका लागि आज विद्यालयमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो घोषणा गर्नु भएको हो । महेन्द्र लिला मा.बिले दोसो र तेस्रो राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा उपाधी जितिसकेकाले यस पटक पनि उपाधी जितेमा शिल्ड प्राप्त गर्ने उहाँको भनाई छ ।
दई पटकको खेलमा प्रथम भइसकेकाले यसपटक पनि प्रथम भएमा सधैको लागी शिल्ड हाम्रो हुनेछ, अध्यक्ष ढकालले भन्नुभयो, ‘‘त्यसैले पनि यसबर्ष जसरी पनि प्रतियोगिताको उपाधी जित्नुपर्छ ।’’