Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा बाल यौन दुव्र्यहारको आरोपमा एक जना पक्राउ


3.4K
Shares

गोरखामा बाल यौन दुव्र्यहारको आरोपमा एक जना पक्राउ

गोरखा, १८ मङ्सिर । गोरखामा बाल यौन दुव्र्यहारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अजिरकोट गाउँपालिका–.५ घर भएका ३७ बर्षका पुरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक रविन्द्र अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिले बहिनी नाता पर्ने ११ बर्षकी आफ्नै काकाको छोरीलाई यौनदुव्र्यहार गरेको आरोप लागेको छ । शुक्रबार राती करिब ९ बजेको समयमा घरको कोठामा यौनदुव्र्यहार गरेको पिडितकी आमाले जाहेरीमा उल्लेख गरेकी छिन् । पिडितको जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेको व्यक्ति विरुद्ध बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology