Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा ट्रयाक्टर दुर्घटनाका चालक बिरुद्ध सवारी ज्यान मुद्दा दर्ता


1.4K
Shares

गोरखामा ट्रयाक्टर दुर्घटनाका चालक बिरुद्ध सवारी ज्यान मुद्दा दर्ता

गोरखा, १८ मङ्सिर । गोरखाको सहिद लखन गाउँपालिका–३, मा दुर्घटनामा परेका ट्रयाक्टर चालक बिरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

शनिवार बिहान करिब १० ः ३० बजेको समयमा सिलिङ स्थित ढुङ्गा लोड गरी सिलिङबाट मझुवादेउराली तर्फ आउँदै गरेको ट्याक्टर दुर्घटना परेर एक जनाको मृत्यु भएको थियो ।

ध. १ त. १२५ नं.को ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर खसेको तल खसेको थियो । ट्याक्टर चालक गोरखा नगरपालिका– १३ घर भएका ३४ का बिश्वास गुरुङलाई प्रहरीले पक्राउ गरी सवारी ज्यान कसूर शीर्षकमा मुद्दा दर्ता गरेर जिल्ला अदालत गोरखाबाट हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको छ ।

दुर्घटनामा ट्रयाक्टरमा सवार शहिदलखन गाउँपालिका–३ बस्ने बर्ष २६ को राम बहादुर आले, तनहुँ आँबुखैरेनी गाउँपालिका–.३, बस्ने बर्ष ३० का पदम बहादुर थापा र सोही ठाउँका २५ बर्षका प्रदिप अर्याल घाईते हुनुभएको थियो । पदमबहादुरको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology