Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

पालुृङटार नगरपालिकाको चालु आ.वको पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न


1.8K
Shares

पालुृङटार नगरपालिकाको चालु आ.वको पहिलो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न

गोरखा, १७ मङ्सिर । पालुङटार नगरपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ अन्र्तगतको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम शनिवार सम्पन्न भएको छ । वडा नम्बर ७ स्थित च्याङ्लीमा भएको कार्यक्रममा सहभागीहरुले नगरपालिकाले सडक निर्माण, खानेपानी लगायतका विकास निर्माणको कामलाई व्यवस्थित रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् ।

नगरबासीहरुले नगरको विकास निर्माण योजना, कार्यक्रम र सेवाहरुको बिषयमा जिज्ञासा राखेका थिए । वडा नम्बर ७ का वडाध्यक्ष अध्यक्ष अर्जुन बहादुर कुमालको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगर प्रमुख विवस चिन्तन, उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लगायत सवै वडाका वडाध्यक्षहरु, नगरपालिका बिभिन्न शाखाका प्रमुख एवम प्रतिनिधिहरुले सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए ।

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरु समेतको सहभागीता रहेको थियो । सार्वजनिक सुनुवाई कार्यक्रमको पत्रकार राजेश पौडेल र सुजन न्यौपानेले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology