गोरखा १६, मङ्सिर । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गोरखा जिल्लाका इन्चार्ज दीपक कोइराला (रुपक) ले जनयुद्ध र त्यसवाट प्राप्त उपलव्धीलाई सवैले गर्व गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोरखा नगरपालिका वडा नम्बर ३ को आज सम्पन्न बिस्तारित बैठकलाई सम्बोधन गर्नुहँुदै उहाँले यस्तो बताउनुभएको हो ।
अहिलेको जनयुद्ध र त्यसवाट भएका सवै खालका परिवर्तनका लागि सवैको आ–आफ्नो भुमिका रहेको भन्दै केन्द्रिय सदस्य कोइरालाले माओवादी अहिलेसम्म लडेर प्राप्त गरेको उपलब्धीको रक्षा गर्नुपर्ने बताउनुभयो ।‘‘जनयुद्धमा कोहि हतियार बोकेर युद्धमा होमिए, कोहिले जनयुद्धमा हिडेकोलाई आश्रय दिए, कसैले खान दिए, उहाँले भन्नुभयो, महान जनयुद्धमा तपाईं हामी सवैको केही न केही गरेका छ त्यसलाई हामी सवैले रक्षा गर्नुपर्छ ।’’
केन्द्रीय सदस्य कोइरालाले माओवादीको बलिदानबाट प्राप्त भएको अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीको नै भएको समेत उल्लेख गर्नुभयो । उहाँले पार्टी नेता र कार्यकर्ताले हाम्रा जनप्रतिनिधिले जनताको पक्षमा काम गरेको छ कि छैन भने निगरानी र खवरदारी गर्नुपर्नेमा समेत जोडदिनुभयो ।
‘‘हाम्रो आवश्यकता धेरै र सिमित स्रोत साधन छ, उहाँले भन्नुभयो, ञजनताको सवै आवश्यकता पूरा गर्न सक्ने अवस्था छैन त्यो पनि जनतालाई बुझाउनु पर्छ, कतिपय काम माओवादी चाहेर पनि गर्न नसक्ने अवस्थामा रहेको भन्दै एकैचोटी जनताको अपेक्षा पुरा गर्दै जान सक्ने अवस्था पनि छैन ।’’
पार्टीले देशभर सञ्चालन गरेको माओवादी विशेष रुपान्तरण अभियान मार्फत सबै सेल टोल, वडा, पालिकाहरुमा पार्टी सगठनलाई ब्यबस्थित गर्नुपर्नेमा केन्द्रीय सदस्य कोइरालाले जोडदिनुभयो ।बैठकमा पार्टीका गण्डकी प्रदेश समितिका सदस्य दिलबहादुर सेन्चुरीले कम्युनिस्टहरले निस्ठा र आर्दशलाई बिर्सन नहुनेमा जोड दिनुभयो ।
उहाँले माओवादीको लामो सघर्षले प्राप्त गरेको उपलब्धि उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै बलिदानबाट प्राप्त ल्याइएको अधिकार खोस्न नदिने उल्लेख गर्नुभयो । बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टीका अर्का प्रदेश समितिका सदस्य मालती भट्टले नेपालमा आदीबासी, मधेषी, जनजाती, मुस्लिम, महिला तथा पिछडिएका बर्ग समुदायका अधिकार माओवादी आन्दोलनको उपलब्धी भएको भन्दै पार्टीका सवै तह र तप्काले जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।
वडापार्टी समितिका अध्यक्ष राजी थापाको अध्यक्षतामा बसेको बैठकमा वडापार्टी सचिव अर्जुन सेन्चुरी लगायतले वडा पार्टी समितिले गरेको अभियानको बिषयमा रिर्पोटिङ गरेका थिए । अभियान अन्र्तगत वडा नम्बर ४ को वडा समितिको बिस्तारित बैठक पनि आजै सम्पन्न भएको छ ।