Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विपिन जोशीको रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री साउद मङ्सिर २३ गते कतार जाँदै


1K
Shares

विपिन जोशीको रिहाइका लागि पहल गर्न परराष्ट्रमन्त्री साउद मङ्सिर २३ गते कतार जाँदै

काठमाण्डौ, १३ मंसिर । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जानु हुने भएको छ । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका भनिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको पहलका लागि उहाँ यही मङ्सिर २३ गते कतार जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

यसअघि मङ्सिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।

त्यसअघि मङ्सिर ७ गते मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री साउदले आज बुधवार गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गर्नु भएको छ । कतार बसाइँका क्रममा मन्त्री साउद दोहा २१ औँ फोरममा पनि सहभागी हुनुहुने उहाँको सचिवालयले जनाएको छ । डिसेम्बर १० देखि शुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology