Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा लम्पी स्किन रोगबाट करिब १५ सय पशुबस्तुको मृत्यु साढे दुई करोड बराबरको क्षती


2.6K
Shares

गोरखामा लम्पी स्किन रोगबाट करिब १५ सय पशुबस्तुको मृत्यु साढे दुई करोड बराबरको क्षती

गोरखा, १३ मंसिर । लम्पी स्किन रोगबाट गोरखामा करिब २१ हजार पशु संक्रमित भएका छन् । संक्रमणबाट करिब १५ सय पशु मरेको र किसानको साढे २ करोड बरावरको क्षती भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी टिकाबहादुर नेपालीका अनुसार लम्पी स्किन संक्रमणबाट जिल्लाका ११ वटै स्थानिय तहमा २० हजार ७८२ वटा पशुमा संक्रमण देखिएको छ । यो रेकर्ड भाद्र १९ गतेसम्मको मात्र भएको उनले जानकारी दिए । संक्रमण भएका पशु मध्ये १ हजार ४६३ वटा पशु मरेको पनि उहाँले बताउनुभयो ।

सूचना अधिकारी नेपालीले भन्नुभयो ‘जिल्लाको सबै पालिकामा गरेर २० हजार ७८२ वटा पशुमा संक्रमण देखिएको थियो । ‘संक्रमित मध्ये १ हजार ४६३ वटा पशु मरेको रेकर्ड कार्यालयलाई उपलब्ध भएको छ ।’ यती ठुलो संख्यामा पशु मर्दा किसानलाई २ करोड ३२ लाख ८९ हजार बरावरको क्षती भएको पनि कार्यलयले जनाएको छ ।

संक्रमणबाट मरेका पशुहरुको क्षती पुर्ती न सरकारले दिएको छ न त विमा संस्थानले नै । महामहारीमा परी मरेका पशुको बिमा गराउने कम्पनीले क्षती नदिने पनि कार्यालयले जानकारी दिएको छ ।

संक्रमणबाट सबैभन्दा धेरै पशु शहिदलखन गाउँपालिकामा मरेका छन् । जहाँ २ हजार ४९ वटा पशुमा संक्रमण देखिदा ३८९ वटा पशु मरेका थिए । त्यस्तै सिरानचोक गाउँपालिकामा २ हजार २५९ वटा पशुमा संक्रमण देखिदा २४९ वटा पशु मरेको पनि सूचना अधिकारी नेपालीले जानकारी दिनुभयो ।

संक्रमण देखिएका मध्ये आरुघाट गाउँपालिकामा ३ हजार ४०५ वटा पशुमा संक्रमण देखिएको थियो । उक्त पालिकामा १९० वटा पशु मरेका थिए । त्यस्तैगरी, बारपाक सुलिकोटमा २ हजार २१५ वटा पशुमा संक्रमण देखिदा १४१ पशु मरेका थिए भने भिमसेनथापा गाउँपालिकामा १ हजार ८०५ वटा पशुमा संक्रमण देखिदा १३५ वटा मरेका थिए ।

कार्यालयले दिएको जानकारी अनुसार गण्डकी गाउँपालिकामा ३ हजार ४४१ पशुमा संक्रमण देखिदा १०५, पालुङटार नगरापालिकामा ५१६ वटा पशुमा संक्रमण देखिदा ७४, अजिरकोटा गाउँपालिकामा १ हजार ४९९ पशुमा संक्रमण हुदा ६१, धार्चे गाउँपालिकामा ९८८ पशुमा संक्रमण हुदा ५३ र गोरखा नगरपालिकामा ३३० वटा पशुमा संक्रमण हुदा ४६ वटा तथा चुमनुब्री गाउँपालिकामा २ हजार २७५ वटा पशुमा संक्रमण देखिदा २० वटा पशु मरेको छ ।

संक्रमणका कारण सबैभन्दा धेरै गोरु मरेका छन् । संक्रमणबाट ९२९ गोरु, ३४९ गाई, १५८ बाच्छाबाच्छी, १९ भैसी र ८ वटा पाडापाडी मरेको थिए । त्यस्तैगरी १२ हजार ८२ गोरु, ६ हजार ६३६ गाई, १ हजार ८५४ बाच्छाबाच्छी, १२१ भैसी र ५६ पाडापाडी तथा ३३ वटा रागाँमा संक्रमण देखिएको पनि कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा संक्रमण फैलिए संगै भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गोरखाले ५ हजार ४०० र स्थानिय तहले ६ हजार ४०० पशुलाई लम्पी स्किन बिरुद्व खोप लगाएको पनि कार्यालयका सूचना अधिकारी नेपालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology