गोरखा, ९ मंसिर । नेपाल लघुवित्त वित्तीय संस्था कर्मचारी संघ जिल्ला कार्य समिति गोरखाको अध्यक्षमा अन्जन भट्ट चयन हुनु भएको छ । संघको दोस्रो माधिवेशनमा भट्टलाई सर्वसम्मत चयय गरिएको हो । शनिबार भएको कर्मचारीहरुको भेलाले अन्जन भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा सरोज तामाङ, उपाध्यक्षमा मनमाय ब्याम्बो,कोषाध्यक्षमा अस्मि परियार सचिव गोपाल सुनार, सहसचिवमा गोबिन्दप्रसाद भट्ट चयन हुनुभएको छ । त्यस्तै समितिका सदस्यहरुमा सबिन न्यौपाने ,अन्जली तिवारी अर्याल, गोकुलप्रसाद रेग्मी , रजनी श्रेष्ठ, बासुदेब मरहट्टा,मदन बम्जन,सन्दिप बोहोरा चयन हुनुभएको छ । समितिको सल्लाहकारमा लक्ष्मण ढकाल चयन भएको समितिले जनाएको छ ।
नेपाल वित्तीय संस्था कर्मचारी संघ जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष लक्ष्मण ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल लघुवित्त वित्तीय संस्था कर्मचारी संघ जिल्ला कार्यसमितिका अध्यक्ष अन्जन भट्ट, सरोज तामाङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यसमितिले संस्थामा आवद्ध कर्मचारीहरुको पेशागत हकहित, आफु कार्यरत संस्थाहरुको संस्थागत हकहित र व्यवसायी ग्राहक सदस्यहरुको व्यवसायिक हकहितका विषयमा काम गर्ने जनाएको छ । लघुबित्त संस्थालाई समाजमा गलत बुझाईको कारण नकारात्मक असर परेकोले अब सदस्यको हकहित, र जिल्लामा सामाजिक संघ संस्था सङ समन्वय गरि सामाजिक उत्तरदायी कार्यक्रम गरि जिल्लामा छुट्टै प्रभाव पर्ने गरी काम गर्ने कुरा अध्यक्ष भट्टले मन्तव्य राख्नु भएको थियो ।