Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मनकामना केबुलकार २६ वर्ष प्रवेश : करिब २ करोड यात्रुले गरे यात्रा


1.9K
Shares

मनकामना केबुलकार २६ वर्ष प्रवेश : करिब २ करोड यात्रुले  गरे यात्रा

गोरखा, ८ मंसिर । मनकामना केबुलकार आजदेखी २६औं बर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गते विधिवत उद्घाटन गरेर सञ्चालनमा आएको केबुलकारले हिजोसम्म १ करोड ८० लाख ९३ हजार २५५ जना स्वदेशी तथा विदेशी यात्रुले केबुलकारको यात्रा गरेको अप्रेशन एण्ड मेन्टेनेन्स प्रमुख सुनिल कर्माचार्यले जानकारी दिनुभयो ।

केबुलकारको बार्षिक उत्सवका अवशरमा आज वटम स्टेशनमा विविध कार्यक्रमहरु राखिएको सञ्चालक मध्येका एक राजेशबावु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार बिहान देशको विभिन्न भागबाट जम्मा हुने सञ्चारकर्मीहरुलाई मनकामना दर्शन गराउने कार्यक्रम छ ।

त्यस लगत्तै बटम स्टेशनमा नै केबुलकारले बिगत २५ वर्षसम्म भएगरेका कामका बारेमा जानकारी दिने गरी पत्रकार सम्मेलनको पनि आयोजना गरिएको उहाँले बताउनुभयो ।

चितवनको चेरेशमा रहेको बटम स्टेशनदेखी गोरखाको मनकामनासम्म ३.०२ किलोमिटर लामो केबुलकारमा ३४ गोन्डोला र ३ वटा फ्रेज क्यारी छन् । केबुलकार पूर्ण क्षमतामा सञ्चालनमा आउदा १ घण्टामा ६६० जनाले यात्रा गर्न सक्ने पनि अप्रेशन एण्ड मेन्टेनेन्स प्रमुख सुनिल कर्माचार्यले जानकारी दिनुभयो ।

एनलग प्रविधिमा सञ्चालित नेपालकै पहिलो केबुलकार ०८१ साल भाद्र महिना भित्रै डिजिटल प्रविधिमा रुपान्तरण हुन लागेको पनि उहाँले बताउनुभयो । केबुलकारको तात्कालिन राजा बिरेन्द्र विर बिक्रम शाहले उदघाटन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology