Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयनमा समस्या


1K
Shares

सिँचाइ डिभिजन कार्यालय गोरखामा दरबन्दीअनुसार प्राविधिक नहुँदा योजना कार्यान्वयनमा समस्या

गोरखा, ८ मंसिर । जलस्रोत तथा सिंचाई डिभिजन कार्यालय गोरखामा दरबन्दी अनुसार प्राविधिक नहुँदा प्रभावकारी ढंगबाट योजनाहरु कार्यान्वयनमा समस्या भएको छ ।

चालु आर्थिक बर्षमा कार्यालय अन्तरगत रहेका करिब करिब एक सय ५५ वटा योजना कार्यान्वयन गर्नुपर्ने भएपनि प्राविधिक नहुँदा तिव्र गतिमा अघि बढाउन समस्या भएको कार्यालयका प्रमुख मिलन पौडेलले बताउनुभयो । कार्यालयमा कार्यालय प्रमुख सहित ९ जनाको स्थायी दरबन्दी रहेकोमा प्राविधिक तर्फ भने आधा नै दरबन्दी खाली रहेको उहाँले बताउनुभयो ।

‘‘कार्यालयमा दुईजना इन्यिनियरको दरबन्दी रहेकोमा दुईवटै राखी रहेको छ, प्रमुख पौडेलले भन्नुभयो, ‘ हाम्रा योजना कार्यान्व्यनको मुख्य अंग भने प्राविधिकहरु नै हुन्, योजनाहरु कार्यान्वयनका लागि इन्जिनियर र ओभरसियर नहुँदा योजना कार्यान्यनमा जटिलता भएको छ ।’’दरबन्दी अनुसार कार्यालयमा प्राविधिक नभएकाले योजना कार्यान्व्यन प्रक्रिया अगाडी बढाउन ढिलाइ भएको छ ।

‘दरबन्दी अनुसार प्राविधिक पठाइदिन मन्त्रालयलाई कार्यालयको तर्फबाट पत्राचार गरिसकेका छौ, उहाँले भन्नुभयो, ‘‘मन्त्रालयले पठाउछ भन्नेमा ढुक्क छौ ।’’ योजनाहरु सुरु गरेपनि कार्यालयबाट आवश्यकता अनुसार प्राविधिक अनुगमनका लागि पुग्न नसक्ने अवस्था रहेको उहाँको भनाई छ ।

‘‘एउटै योजनाका लागि ५÷७ पटक जानुपर्ने अबस्था पनि हुनसक्छ, उहाँले भन्नुभयो, ‘‘तर थोरै कर्मचारी पर्याप्त नहुँदा दुई तीन पटक मात्र प्राविधिक फिल्डमा पठाउनु पर्ने वाध्यता हुन्छ ।’’ योजनाको संख्या हेर्दा भएको दरबन्दीे नपुग्ने अवस्था रहेको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

‘‘भएको दरबन्दी मात्र भएपनि काम गर्न सहज हुनेथियो, प्रमुख पौडेलले भन्नुभयो, ‘‘बर्षैपिच्छे योजना संख्या बढ्दै जाने प्राविधिक चाँही घट्दै जाने अवस्था छ ।’’ प्राविधिकको अभावमा योजनाको गुणस्तर कायम गर्न समेत कठिनाइ हुने उहाँले बताउनुभयो ।

‘‘सवै कुरा निगरानीको पनि कुरा हो, प्रमुख पौडेलले भन्नुभयो, ‘‘प्राविधिकको निगरानी काम हुने अवस्था आयो भने योजनाहरुको गुणस्तर कायम गर्न समस्या हुनसक्छ ।’’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology