Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाको दरौंदी क्रसरबाट सामाान चोरी गरेको आरोपमा एक जना पक्राउ


2.9K
Shares

गोरखाको दरौंदी क्रसरबाट सामाान चोरी गरेको आरोपमा एक जना पक्राउ

गोरखा, ७ मंसिर । दरौंदी क्रसर उद्योगको परिसरबाट क्रसर उद्योगको सामानहरु चोरी गरेको आरोपमा गोरखा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सिरानचोक गाउँपालिका–.६, स्थित दरौंदी क्रसर उद्योगको परिसरबाट क्रसर उद्योगको सामानहरु चोरी भएको घटनाको अनुसन्धानका क्रममा लमजुङ दुधपोखरी गाउँपालिका–१, माझबारी बस्ने बर्ष २४ को रमेश भट्टराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

क्रसरबाट चोरी भएको सामान खोजतलास गर्दै जाँदा गोरखा नगरपालिका.१३ बाट क्रसर मेसिनको प्राईमरी पीन दुई थान सहित भट्टराईलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका भट्टराई बिरुद्ध प्रहरीले आज चोरी कसूर शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology