Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

चैत मसान्तसम्ममा चार हजार भन्दा बढी शिक्षकको पद रिक्त हुने


1.4K
Shares

चैत मसान्तसम्ममा चार हजार भन्दा बढी शिक्षकको पद रिक्त हुने

काठमाडौँ, ६ मंसिर । आगामी चैत मसान्तसम्ममा देशभरबाट ४ हजार भन्दा बढी स्थायी शिक्षकको पद रिक्त हुने भएको छ । २०८० को वैशाखदेखि २०८० को चैतसम्म प्रावि, निमावि र मावि तहका ४ हजार ३२५ शिक्षकको पद रिक्त हुन लागेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उक्त रिक्त पदको विवरण यकिन गर्न ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार प्रावि तह तर्फ ३ हजार १७९ शिक्षक पद रिक्त हुनेछ । त्यस्तै निमावि तहमा ७४४ र मावि तहमा ४०२ पद रिक्त हुनेछ । निमावि तर्फ नेपाली विषयका ११३ जना शिक्षकको पद रिक्त हुनेछ । त्यस्तै अङ्ग्रेजीका १६४, गणितका १३६, गणित विज्ञानका ४०, विज्ञान १६९, सामाजिक अध्ययन ११९, ऐच्छिक प्रथमका १ गरी ७४४ शिक्षकको पद रिक्त हुन लागेको हो ।

त्यस्तै मावि तर्फ नेपालीका ६३ जना, अङ्ग्रेजीका ७०, गणितका ८७, विज्ञानका १०९, सामाजिक अध्ययनका ४७, ऐच्छिक प्रथम ९ र ऐच्छिक द्वितीय१७ गरी ४०२ शिक्षक पद रिक्त हुने केन्द्रले जनाएको छ ।

केन्द्रले सार्वजनिक गरेको विवरणमा संशोधन गर्नुपर्ने भएकोमा कारणसहित सूचना प्रकाशित भएको सात दिनभित्रमा पेस गर्न भनेको छ । संशोधनको लागि कुनै विवरण नआएको खण्डमा अहिले सार्वजनिक गरेको विवरण नै शिक्षक सेवा आयोगलाई पठाइने जनाएको छ । उक्त विवरण पछि संशोधन हुन नसक्ने केन्द्रका निर्देशक प्रेम भट्टराईले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

शिक्षक सेवा आयोगले विज्ञापनका लागि विवरण सङ्कलन गरेको थियो । उक्त विवरणमा केही संशोधन गर्नुपर्ने भएमा त्यसका लागि समय दिएर केन्द्रमा पठाएको हो । शिक्षक सेवा आयोगले सोही आधारमा शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology