Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

राष्ट्रिय सभा चुनावका लागि आयोगले तोक्यो नयाँ मतभार


1.5K
Shares

राष्ट्रिय सभा चुनावका लागि आयोगले तोक्यो नयाँ मतभार

काठमाडौं, ६ मंसिर । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्‍यको निर्वाचनका लागि नयाँ मतभार तोकेको छ । आयोगले बुधबार प्रदेश सभा सदस्य, नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष र उपाध्यक्षको नयाँ मतभार तोक्ने निर्णय गरेको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

फागुन २० गते राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि सकिँदैछ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार पद रिक्त हुनुभन्दा ३५ दिन अघि नै निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

मतभार कायम गर्दा पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर कायम गर्ने प्रावधान छ । हालै राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएकाले त्यसबमोजिम मतभार तोकिएको हो ।

उक्त प्रतिवेदनअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ कायम गरिएको हो ।यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियो। यस्तै प्रमुख(उपप्रमुख, अध्यक्ष(उपाध्यक्षको १८ थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology