Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको त्रिवणी भगवती माई मन्दिरमा आज एकादशी मेला लाग्ने


1.8K
Shares

गोरखाको त्रिवणी भगवती माई मन्दिरमा आज एकादशी मेला लाग्ने

गोरखा,६ मंसिर । गोरखा । त्रिवेणी भगवतीमाई मन्दिरको प्रांगणमा आज साँझ देखि हरिबोधनी ठूलो एकादशी त्रिवेणी मेला लाग्ने भएको छ । शहिद लखन गाउँपालिका–३ मनकामनाको निभारे स्थित मन्दिरमा बुधबार साँझदेखी विविध साँस्कृत कार्यक्रम सहित मेलाको आयोजना गरिएको आयोजक कालिका युवा क्लब निभारेका अध्यक्ष बाबु गुरुङले जानकारी दिनुभयो ।

मेलामा लोकदोहोरी गायक पृथ्वी गुरुङ, श्याम राना, निर्जला गुरुङ, सुजन गुरुङ लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने अध्यक्षले बताउनुभयो ।

मेला बुधबार साँझदेखी बिहीबार बिहानसम्म लाग्ने छ । बिहिबार विहान मन्दिरमा विशेष पुजा पछी भने समापन हुने आयोजक संस्थाले जनाएको छ । उक्त मन्दिरमा हरेक बर्षको ठूलो एकादशीको अवसर पारेर भव्य मेला लाग्ने गर्दछ ।

प्रसिद्व मनकामना देवीको ७ दिदी बहिनी मध्ये त्रिवेणी भवगती कान्छी बहिनी रहेको जनविश्वास रहदै आएको छ । त्रिवेणी भगवतीको जल अर्पण गरे पश्चात् मात्र मनकामना देवीको पूजाको पूर्णता हुने धार्मिक परम्परा पनि अहिलेसम्म कायमै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology