Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मेलाका विषयमा विवाद हुँदा झडप, २ जना घाइते


2.6K
Shares

मेलाका विषयमा विवाद हुँदा झडप, २ जना घाइते

बारा,५ मंसिर । मेला आयोजनाको विषयमा विवाद भएर दुई पक्षबीच झडप हुँदा प्रहरीले हवाइफायर गरेको छ । पचरौता नगरपालिका(७ बेनौलीमा झण्डा मेला गर्ने विषयमा सोमबार राति भएको छलफलमा दुई पक्षबीच विवाद सुरु भई ढुंगा हानाहान भएको थियो ।

अवस्था सामान्य बनाउन आठ राउन्ड हवाई फायर गरेको बाराका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मेला गर्ने विषयमा सयौंको संख्यामा उपस्थित स्थानीयबीच ब्रह्माको मूर्ति पूजनको विषयमा विवाद भएको थियो । विवादले उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेको थियो । नगरपालिकाले तोकेको स्थानमा मूर्ति पूजा गर्न एउटा पक्षले नमानेपछि झडप भएको स्थानीयले बताएका छन् ।

राति करिब ११ बजे दुई पक्ष ढुंगा हानाहानमा उत्रिएका थिए । झडपमा परी स्थानीय लक्ष्मी पटेल र चण्डीका पटेल घाइते भएका र उनीहरुको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology