Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

सडक पेटीमा जुवातास खेलेको आरोपमा गोरखाका एक जना पक्राउ


2.7K
Shares

सडक पेटीमा जुवातास खेलेको आरोपमा गोरखाका एक जना  पक्राउ

गोरखा, ४ मंसिर ।  काठमाडौं महानगरपालिका–१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलेको आरोपमा प्रहरीले गोरखाका १ जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

वृत्तले परियार सहित अन्य ४ जनलाई पनि आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology