Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बारपाक सुलिकोट गाउँपालिकामा चौथो बाह्रमुले मेला हुने


4.2K
Shares

बारपाक सुलिकोट गाउँपालिकामा चौथो बाह्रमुले मेला हुने

गोरखा, ४ मंसिर । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा चौथो बाह्रमुले मेला २०८० हुने भएको छ । अग्रजको बिस्वासलाई सम्मान, कला संस्कृति जोगाउँदै पर्यटन प्रबर्दन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ यहि मंसिर ६ गते मेलाको आयोजना गरीएको क्लबका अध्यक्ष रिजन बिश्वकर्मले जानकारी दिनुभयो ।

हरेक बर्ष हरिबोधनी एकादशीको अबसरमा परापुर्ब कालदेखी नै बाह्रमुले मन्दिर परिषरमा मेलाको आयोजना गरीदै आइएको छ, उहाँले भन्नुभयो, ‘मेलामा बाह्रमुले देबीसँग भाकल गर्ने, फुलको डोली तान्ने तोरण बान्ने, राती जागाराम बस्ने, बत्ती बाल्ने, पशुपंक्षीको बली दिने पुजा गर्ने लगायतको प्रचलन रहेको छ ।

त्यती गरेपछि आफ्नो मनोकाङ्छा पुरा हुने जनबिस्वार रहेको क्लबका अध्यक्ष बिक बताउनुहुन्छ । मेलामा छिमेकी जिल्ला चितवन र तनहुँ देखीका भक्त जनाहरु बलि चढाउन र मेला हेर्न आउने गर्दछन् । मेला हेर्न आउने ‘आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँका मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन गराउदै यहाँ पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्न सकिन्छ, उहाँले भन्नुभयो, ‘पालिका र जिल्लामा अत्याधिक पर्यटन भित्रात्याउन सकिन्छ ।

सोही जनबिस्वासलाई सम्मान गर्दे हरेक बर्ष बाह्रमुले युवा क्लबले बिभिन्न कार्यक्रम गर्दे आएको छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकरहरुको बेजोड प्रस्तुती रहने छ ।

मेलामा आरके गुरुङ, सन्जय गुरुङ, सुनिमा गुरुङ, पवन गुरुङ,साजन राना मगर, रमज गुरुङ, कमला थापा मगर र सुमिना गुरुङको बेजोड प्रस्तुती रहने छ । गाउँपालिका अध्यक्ष बिष्णु प्रशाद भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम सम्ुद्धाटन क्लबले जनाएको हुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology