काठमाडौं, ३ मंसिर । रूकुम पूर्वमा आज भूकम्प गएको छ । आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा ४।३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६।४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो । त्यसपछि पनि पटक(पटक परकम्प गइरहेको छ ।