गोरखा २८ कात्तिक । गोरखाको भीमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा यूसीएलजी एस्प्याक कंग्रेसमा भाग लिन छिमेकी मुलुक चीन प्रस्तान गर्नुभएको छ । बिश्वभरका स्थानीय सरकारका प्रमुखहरुको भेला हुने कार्यक्रममा नेपालबाट उत्कृष्ट गाउँपालिकाको प्रतिनीधित्व गर्दै उहाँ चीन प्रस्थान गर्नुभएको हो ।
बन्जरासंगै नेपालबाट अन्य बिभिन्न तीन पालिकाका प्रमुखहरु पनि चीन गएका छन् । चीनमा यहीँ मंसिर १ गते सम्म हुने कार्यक्रम अध्यक्ष बन्जरा सहभागी हुनुहुनेछ । बञ्जरा निर्वाचित भएपछि गोरखाको ११ औं स्थानीय तह मध्ये कार्यसम्पादनमा ११ औं स्थानमा रहेको पालिकालाई चौथो स्थानमा ल्याउन ल्याउन सफल भएको थियो ।
करिब डेढ बर्षको कार्यकालमा कार्यसम्पानमा देखिएको प्रगती, बिकामस निर्माण, आबधीक योजना, प्रशासनिक प्रगतीका आधारमा भिमसेनथापा गाउँपालिका छनोट भएको हो । चीनमा हुने उक्त बैठकमा संघीयताको मोडल, सरकार संचालन र समस्याका बिषयमा छलफल हुनेछ ।