Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखालाई नमुना दुरसञ्चारयुक्त जिल्ला बनाउने टेलिकमको घोषणा


6.1K
Shares

गोरखालाई नमुना दुरसञ्चारयुक्त जिल्ला बनाउने टेलिकमको घोषणा

गोरखा, २५ कात्तिक । नेपला टेलिकमले गोरखा सहित भुकम्प प्रभावित जिल्लाहरुलाई नमुना दुरसञ्चार युक्त जिल्ला बनाउने घोषणा गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशनमा नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा गोरखा सहितका १९ जिल्ला छनोट गरिएको हो ।

टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा मागबमोजिम उपलब्ध गराई नमूना जिल्ला कायम गर्न थालेको टेलिकमले जनाएको छ । नुमना जिल्लाका सबै वस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलमा गुणस्तरीय दूरसञ्चार सेवा प्राविधिकरुपमा सम्भव भएसम्म उपलब्ध गराउने नेपाल टेलिकमकाप्रवक्ता शोभन अधिकारीद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

नमूना जिल्लामा सेवाग्राहीले दूरसञ्चार सेवा खरिद गर्न, जडान तथा मर्मत सम्भार, महसुल भुक्तानीजस्ता सेवाहरु प्राप्त गर्न कम्पनीका कार्यालयमा नभइकन कल सेन्टरबाटै सेवासम्बन्धी सबै कार्य गर्न सकिने व्यवस्था गर्ने घोषणा पनि टेलिकमले गरेको छ ।

हाल सेवाका दृष्टिबाट नमूनाको रुपमा कायम गरिने जिल्लामा आवश्यकता बमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्यान्डर्ड सेट्स तथा सेवाहरु कायम हुनेगरी नेटवर्क स्थापित गरिने टेलिकमले जनाएको छ । नमुना जिल्लामा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधार तय गरिने विज्ञप्तिमा उल्लेख छ ।

जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानववस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइवर सेवा उपलब्ध गराइने पनि टेलिकमले जनाएको छ । सबैतिर तोकिएकै गुणस्तर र गतिमा सेवाको उपलब्धता कायम गर्न अतिरिक्त योजनासमेत बनाएर आवश्यक दक्ष जनशक्तिको उपलब्धता पनि निरन्तर हुने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित गोरखा, जाजरकोट र रुकुमपश्चिम सहित खोटाङ, मोरङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, बर्दिया र रोल्पा रहेका छन् । टेलिकमले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमलाई नमूना दूरसञ्चारयुक्त जिल्ला बनाउने घोषणा गरेको छ । प्रदेश राजधानी रहेका जिल्लासहित हरेक प्रदेशबाट कम्तीमा दुई जिल्ला समेटिने गरी नमूना जिल्ला कायम गर्ने घोषणा नेपाल टेलिकमले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology