Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

क्यान्सर अस्पतालमा जडान गरिएको पानीको फिल्टर प्लान्ट हस्तान्तरण


1.8K
Shares

क्यान्सर अस्पतालमा जडान गरिएको पानीको फिल्टर प्लान्ट हस्तान्तरण

भरतपुर, २४ कात्तिक । चितवनको भरतपुरमा रहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जडान गरिएको पिउने पानी फिल्टर प्लान्ट हस्तान्तरण गरिएको छ । अस्पतालको नयाँ भवनमा निर्माण गरिएको पिउने पानी फिल्टर प्लान्ट आज अस्पताललाई हस्तान्तरण गरिएको हो ।
लायन्स क्लब अफ नारायणगढ बालकुमारी र नारायणगढमा रहेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संयुक्त रुपमा अस्पतालको अपरेसन थिएटनसँगै पिउने पानी फिल्टर प्लान्ट जडान गरेका हुन् । आज अस्पतालमा आयोजित कार्यक्रममा लायन्स क्लब ३२५ आरका डिष्ट्रिक्ट गभर्नर आर एस महतो र सहकारीका अध्यक्ष बालगोपाल चुकेले अस्पतालका नायब निर्देशक डा उमेश नेपाललाई प्लान्ट हस्तान्तरण गर्नुभएको हो । बिरामी र बिरामीका कुरुवाका लागि शुद्ध पिउने पानीको अभाव भएको अस्पतालले गुनासो गरेपछि आफूहरुले फिल्टर प्लान्ट जडान गरिदिएको अध्यक्ष चुकेले बताउनुभयो ।
बिरामी र उनीहरुको कुरुवाका लागि तातो र चिसो पानी पिउन मिल्ने गरी दुई वटा फिल्टर प्लान्ट जडान गरेर हस्तान्तरण गरिएको चुकेको भनाइ छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष शंकर आचार्यले एक लाख ७५ हजार रुपैयाँको लागतमा अटोमेटिक वाटर फिल्टर जडान गरिएको बताउनुभयो । उहाँकाअनुसार तातो पानी आउने फिल्टर ५० लिटर क्षमताको र चिसो पानी आउने फिल्टर १० लिटर क्षमताको रहेको छ ।
तातो र चिसो पानीको तापक्रम आवश्यकताअनुसार धेरै र थोरै बनाउन मिल्ने अध्यक्ष आचार्यको भनाइ छ । कार्यक्रममा लायन्स क्लब ३२५ आर का डिष्ट्रिक्ट गभर्नर महतोले अस्पतालमा लायन्स क्लबले निरन्तर सहयोग गर्ने अवसर पाएकोमा अस्पतालाई धन्यवाद दिनुभयो । लायन्स क्लबले अस्पतालमा निकट भविष्यमा ठूलो प्रोजेक्टर लिएर आउने तयारी गरेको समेत उहाँको भनाइ छ ।

अशुद्ध पानीका कारण मानिसको स्वास्थ्यमा विभिन्न खालका रोग लाग्ने गरेको भन्दै महतोले अस्पतालमा उपलब्ध गराइएको शुद्ध पिउने पानीबाट दीर्घकालसम्म अस्पतालमा बिरामी र बिरामी कुरुवा लाभान्वित हुने बताउनुभयो । कार्यक्रममा अस्पतालका नायब निर्देशक डा नेपालले अस्पतालमा लायन्स क्लबले विभिन्न सयमा सहयोग गर्दै आएको स्मरण गर्नुभयो । बिरामीहरु पानी पिउनका लागि माथिल्लो तलाबाट भवन बाहिर जानुपर्ने अवस्था रहेकोमा पानीको फिल्टर जडान भएपछि बिरामीका आफन्तलाई सहज भएको डा नेपालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology