Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा बलात्कारको मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरी कारागार चलान


4.3K
Shares

गोरखामा बलात्कारको मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरी कारागार चलान

गोरखा, २४ कात्तिक। बलात्कार मुद्धाकाएक फरार अभियुक्तलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत गोरखाबाट बलात्कारका मुद्धामा सजाय फैसला भएका गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ८ घर भएका ३५ बर्षका महेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेका श्रेष्ठलाई अदालतले ४ बर्ष ९ महिना १५ दिन कैद सजाए सुनाएको थियो । फैसला कार्यान्वयनका लागि बिशेष टोली परिचालन गरेर काम गर्दै आएको प्रहरीले उनलाई बिहिबार पक्राउ गरेको उहाँले बताउनुभयो ।

श्रेष्ठलाई प्रहरी चौकी घ्याल्चोक गोरखाबाट खटिई प्रहरीको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तालाई आज जिल्ला अदालत गोरखा पठाइएको अदालतको आदेश अनुसार उनलाई कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology