Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखा प्रहरीद्धारा दुई फरार अभियुक्त पक्राउ


3.3K
Shares

गोरखा प्रहरीद्धारा दुई फरार अभियुक्त पक्राउ

गोरखा, २३ कात्तिक । गोरखा प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना तोकिई फरार रहेका अभियुक्तहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

फैसला कार्यान्वयन बिशेष टोली गठन गरी परिचालन गरिएकोमा प्रहरी चौकी मझुवादेउराली गोरखा र प्रहरी चौकी घ्याल्चोक गोरखाबाट खटिई गएको टोलीले उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चोरी मुद्धाका फरार अभियुक्त गोरखा नगरपालिका १३ बस्ने ४६ बर्षका शिव बहादुर बि.क र सार्वजनिक सम्पदा विरुद्धको कसूर मुद्दामा फरार रहेका गोरखा गण्डकी गाउँपालिका ७ बस्ने बर्ष ३७ का शरण गुरुङ रहेको उहाँले बताउनुभयो । पक्राउ परेका दुवै जनाबाट पचहत्तर हजार एक सय पैसठ्ठी रुपैया जरिवाना असुल उपर गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology