Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा तिहारमा राती ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने


2.1K
Shares

गोरखामा तिहारमा राती ९ बजेसम्म मात्र देउसीभैलो खेल्न पाइने

गोरखा, २३ कात्तिक : जिल्ला प्रसासन कार्यालय गोरखाले तिहारका बेला बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म मात्र देउसीभैले खेल्न पाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आज एक सूचना प्रकासन गरी नेपालीहरुका दोस्रो ठूलो चाड तिहारका अबसरमा साँझ ९ बजेसम्म देउसी भैलो खेल्न पाइने जानकारी दिनुभएको हो ।

जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका साँस्कृतिक क्रियाकलापहरु सञ्चालन अबेर गर्न गर्न नपाइने निर्णय गरेको हो । त्यस्तै तिहार तथा छठ पर्वका बेला पटका, अतिसबाजी जस्ता विस्फोटक पदार्थहरुको आयात, ओसारपसार, विक्रि वितरण तथा प्रयोग नगर्नु नगराउन पनि प्रसासनले आग्रह गरेको छ ।

साथै मादक पदार्थको सेवन गरी शान्ति सुरक्षा एवम् सर्वसाधरणलाई असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला गर्ने एवम् झै–झगडा गर्ने जस्ता कार्य नगर्न तथा भिडभाड तथा हुलहुज्जत जस्ता गतिविधि गरी समाजमा अशान्ति एवम् अशोभनीय क्रियाकलाप नगर्न प्रसासनले भनेको छ । चाडबाडका बेला बजारमा अखाद्य रंग मिलाईएका मिठाई, झिलागे रोटी जस्ता अस्वस्थ्य र गुणस्तरहीन खाद्य वस्तुहरुको बिक्री बितरण हुने गरेको भन्दै त्यस्त कार्य नगर्न पनि प्रसासनले सवैलाई आग्रह गरेको छ ।

बजारमा म्याद गुज्रेका भाईमसला, प्लास्टिक जन्य फुलमालाको प्रयोग र विक्रि वितरण पनि नगर्न प्रसासनले सूचना मार्फत सवैलाई सचेत गराएको छ । प्रसासनको आग्रहलाई अटेरी गरे कानुन विपरितको कार्य गरे गराएको पाइएमा कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरिने जिल्ला प्रसासन कार्यालय गोरखाले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology