काठमाडौं, २० कात्तिक । गत शुक्रबार मृत फेला परेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्या आरोपमा प्रहरीले बाँके खजुरा गाउँपालिका(७ घर भई चन्द्रकोट बस्ने २३ वर्षीय रहिस खाँलाई पक्राउ गरेको हो ।
शुक्रबार बिहान चन्द्रकोट(४ हुग्दी खोलामा १५ वर्षीया किशोरीको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी नवीन किशोर प्रधानले किशोरीमाथि बलात्कारसमेत भएको बताउनुभयो ।
किशोरीको घाँटी थिचेर हत्या भएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको छ। बिहीबार दिउँसो धान काट्न किशोरी र उनको परिवार खेतमा पुगेको थियो। सुर्ती किन्न पठाएपछि गएकी किशोरी फर्किएकी थिइनन् ।
भोलिपल्ट बिहान किशोरी मृत अवस्थामा फेला परेकी थिइन्।