Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा मदिरा सेवन गरी गाली गलौज तथा हो–हल्ला गरेको आरोपमा एक जना पक्राउ


9K
Shares

गोरखामा मदिरा सेवन गरी गाली गलौज तथा हो–हल्ला गरेको आरोपमा एक जना पक्राउ

गोरखा, २१ कार्तिक । मदिरा सेवन गरेर गाउँमा हो–हल्ला र गाली गाली गलौच गरेको आरोपमा गोरखाको धुसेनीबाट प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–९ नामजुङ धुसेनीका ५१ बर्षिय भुमिनन्द ढकाललाई पक्राउ गरेको गोरखा प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका ढकालले गएको शनिबार अर्थात कार्तिक १८ गते शनिबार दिउसो ३ः३० बजेको समयमा मादक पदार्थ सेवन गरी गाउँघरमा जथाभावी गाली गलौज तथा हो–हल्ला गरी अशान्ति फैलाउने तथा वृद्धहरुलाई समेत गाली गलौज तथा हातपात गरेको आरोप लागेको छ ।

ढकालका बिरुद्व स्थानियले नै प्रहरीमा जाहेरी दिएका थिए । ढकाललाई शनिबार नै पक्राउ गरी अभद्र व्यवहार मुद्दा दर्ता गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी रबिन्द्र अधिकारीले जानकारी दिनुभयो ।

उहाँलाई जिल्ला प्रशासन कार्यालय गोरखाबाट म्याद थपगरी प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरीएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology