गोरखा, २१ कात्तिक । गोरखामा जवरजस्ती करणीको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका वडा नम्बर ३ हर्मी घुरेगाउँ घर भएका २९ बर्षका सन्जिव अधिकारी रहेको प्रहरीले जनाएको छ ।
अधिकारी माथि २०७९ साउन २ गते राती १० बजेको समयमा २० बर्षकी एक महिलालाई शौचालय जान घर बाहिर निस्केको अबस्था फेलापारी एक्कासी समातेर जवरजस्ती करणी गरेको पिडितले आरोप लागेको छिन् ।
घटनाका सम्बन्धमा पिडित महिलाले जाहेरी दिएपछि अधिकारीलाई प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
पक्राउ परेका युवक विरुद्ध जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप अनुमती लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।