Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा घरको पिढीबाट लडेर एकजनाको मृत्यु


14.7K
Shares

गोरखामा घरको पिढीबाट लडेर एकजनाको मृत्यु

गोरखा, २० कात्तिक :   गोरखामा घरको पिढीबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–८, माथिल्लो फिनाम बस्दै आएका ६८ बर्षका भिमु गुरुङको आइतवार घरको पिढीबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक रबिन्द्र अधिकारीले जानकारी दिनुभयो ।

घरको पिढीबाट आँगनमा लड्न गई टाउकोमा गम्भीर चोट लागेर घाइते हुनुभएका गुरुङलाई प्राथामिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारका लागि पु¥याइएको थियो । उहाँलाई स्वास्थ्य केन्द्रमा पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

घटना प्रारम्भिक अनुसन्धानपछि मृतकको शव पोष्टमार्टम गरी अन्त्येष्टीका लागि परिवारलाई आज बुझाइएको उहाँले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनााएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology