Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सुशासन विकास र सम्बृद्धिको मुख्य आधार हो : पूर्वमुख्यमन्त्री गुरुङ


1.4K
Shares

सुशासन विकास र सम्बृद्धिको मुख्य आधार हो : पूर्वमुख्यमन्त्री गुरुङ

गोरखा, १८ कात्तिक  :  नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकास सम्बद्धिको मुख्य आधार सुशासन नै रहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कार्य समिति गोरखाले दसैँ, तिहार, छठ लगायतका पर्वहरुको अवसरमा शुक्रबार गोरखा सदरमुकाममा आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले सुशासन बिना सम्बृद्धि सम्भव नभएको बताउनु भएको हो ।

उपमहासचिव गुरुङले सुशासनले लय नसमातेसम्म नेपाली जनताले चाहेअनुसारको विकास हुन नसक्ने बताउनुभयो । ‘‘जब सुशासनले लय समात्छ त्यसपछि नेपाली जनताले चाहे अनुसार बिकासको प्रक्रिया पनि अघि बढ््छ, उहाँले भन्नुभयो, ‘‘सबै जनताको भावनालाई समट्दै जाने हो भने संघियता कार्यान्वयनमा देखिएको जटिलताको समेत अन्त्य हुन्छ ।’’

उपमहासचिव गुरुङले प्रसासनिक संयन्त्रको पुरानै कार्यशैली र काम गराइबाट अब काम नचल्ने भन्दै लोकसेवा, निजामतीसेवालाई लोकतान्त्रिक र क्रान्तिकारी बनाउनुपर्नेमा जोडदिनुभयो । संविधानसभाबाट संविधान बनेको ८ बर्ष भइसक्दा समेत अझै पनि सरकारका संरचनाहरुमा परिवर्तन ल्याउन नसक्नु नै संघियता कार्यान्वयनको चुनौती भएको उहाँले बताउनुभयो ।

‘‘देशमा क्रान्ति सम्पन्न भयो । शान्तिपूर्ण क्रान्ति भयो । चीन, रुसको जस्तो हिसांत्मक क्रान्ति थिएन । हाम्रो क्रान्ति शान्तिपूर्ण थियो, पूर्वमुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘‘शान्तिपूर्ण क्रान्ति भएकाले हामीसंग अहिलेपनि पुरानै निजामती, पुरानै अदालत, पुरानै पुरानो गुप्तचर, पुरानो सेना, प्रहरी यथावत छ हामीले यि संरचनाहरुलाई अब पनि लोकतान्त्रिकीरण गर्नुपर्छ ।’

उपमहासचिव गुरुङले पहिलेजस्तो अहिलेको सेना कर्मचारीहरु सिंहदरवार भित्र कुरेर बस्न नहुने उल्लेख गर्नुभयो । उहाँले मुलुक संघियतामा गएपनि सरकार संरचनाहरु ढर्रामा चलिरहेको बताउनुभयो । ‘‘मुलुक संघियतामा गएपनि हाम्रो कर्मचारी प्रसासनहरु परानै अबस्थामा छ, पूर्वमूख्यमन्त्री गुरुङले भन्नुभयो, ‘‘यि संरचनाहरुलाई पनि संघियताको मोडलमा अगाडी नबढाएसम्म देशलाई सम्बृद्धिको दिशामा अगाडी बढाउन सकिदैन ।’’

उहाँले प्रसासनिक संरचनालाई परिवर्तन गर्न नसक्दासम्म सुशासन कायम हुन नसक्ने र सुशासन कायम नभएसम्म सम्बृद्ध देश बनाउन नसकिने बताउनुभयो । उपमहासचिव गुरुङले सम्बृद्धि गीत गाएर नआउने भन्दै जनतालाई विश्वासमा लिएर अघि बढ्न सक्नुपर्नेमा समेत जोडदिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology