Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नक्कली श्रम स्वीकृतीको कागजात बनाएको आरोपमा गोरखाका दुई जना पक्राउ


7.6K
Shares

नक्कली श्रम स्वीकृतीको कागजात बनाएको आरोपमा गोरखाका दुई जना पक्राउ

काठमाडौ,१६ कार्तिक । नक्कली श्रम स्वीकृतीको कागजात बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका(१३ सोल्टीमोडबाट दुई जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा गोरखा बारपाक घर भई काठमाडौंको बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र नागार्जुन रानीवन बस्ने २१ वर्षीय विपिन ढकाल छन् । उनीहरूलाई सोल्टीमोडस्थित भाडामा लिएर वैदेशिक रोजगार सम्बन्धी काम गर्ने ट्राभल्सबाट मंगलबार पक्राउ गरेको हो ।

एसपी केसीका अनुसार गत आइतबार भिजिट भिसामा विदेश जान लागेका व्यक्तिहरू शंकास्पद रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले शंकास्पद कागजातहरूमाथि अनुसन्धान गर्न कार्यालयमा पठाएको थियो ।

कागजातहरूमध्ये सुजल हेङगजुको नामको श्रम स्वीकृती नक्कली पाइएको थियो। उक्त नक्कली कागजात बनाएको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई प्रहरी वृत्त कालीमाटीमा पठाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology