Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

जुवातास खेल्दा पक्राउ परेका इकु, गजित बिष्टसहितका कलाकार १५(१५ हजार धरौटीमा रिहा


1.9K
Shares

जुवातास खेल्दा पक्राउ परेका इकु, गजित बिष्टसहितका कलाकार १५(१५ हजार धरौटीमा रिहा

काठमाडौं, १६ कार्तिक । जुवातास खेलेको आरोपमा पक्राउ परेका कलाकारहरु इकु, गजित विष्ट, गम्भीर विष्ट, शंकर आचार्य, चक्र बमसहित ९ जना धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयको आदेशपछि १५(१५ हजार रुपैयाँ धरौटीमा उनीहरुलाई बुधबार बेलुका छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

मैतीदेवीस्थित गजितको डान्स तालिम केन्द्रमा जुवातास खेल्दै गर्दा प्रहरी वृत्त सिंहदरबारले उनीहरुलाई शनिबार राति पक्राउ गरेको थियो । स्थानीय रमेशनाथ पाण्डेको घरमा विष्ट दाजुभाइले डान्स तालिम केन्द्र चलाउँदै आएका छन् ।

रिहा भएपछि मिडियासँग कुरा गर्दै सुलेमान शंकर ‘इकु’ले विष्ट दाजुभाइसँग भिडियोबारे कुराकानी गर्न गएको बेला आफूलाई समेत पक्राउ गरिएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology