Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

यू–१३ अन्तर विद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शुक्रबार र शनिवार ५ खेल हुने


2.1K
Shares

यू–१३ अन्तर विद्यालय लिग फुटवल प्रतियोगिता अन्तरगत शुक्रबार र शनिवार ५ खेल हुने

गोरखा, १५ कार्तिक । द ओसन क्लवको आयोजनामा असोज १३ गते बाट खेल सुरुभएको तेह्रबर्ष मुनिको अन्तर विद्यालय लिग फुटवल प्रतियोगिता अन्र्तगत शुक्रबार र शनिवार ५ खेल हुने भएका छन् । गोरखा नगरपालिका–९ स्थित दलभज्याङमा हुने प्रतियोगितामा दशैँका कारण रोकिएका खेल यहि कार्तिक १७ र १८ गते शुक्रवार र शनिवार हुने आयोजक क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिनुभयो ।

जस अन्र्तगत शुक्रवार सुर्यमुखी बोर्डिङ र मोडन मोर्डन सेकेण्डरी बोर्डिङ, नवज्योती मावि र लक्ष्मी सामुदायिक तथा द ओल्ड क्यापिटल मा बि र सरस्वती मावि बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यस्तै शनिवार रत्नराज्य मावि र सरस्वती मावि, मोर्डन सेकेण्डरी बोर्डिङ र महालक्ष्मी माबि, द ओल्ड क्यापिटल मा बि र द ओसन क्लब बिच प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो ।

शनिवार नै लक्ष्मी सामुदायिक र रत्नराज्य मावि तथा सुर्यमुखी बोर्डिङ र नवज्योती मावि बिच प्रतिस्पधा हुने क्लबले जनाएको छ । प्रतियोगिता अन्र्तगत हरेक हप्ताको शनिवार खेल हुँदै आएको छ । अहिलेसम्म पहिलो चरणका ५ खेल र दोस्रो चरणका दुई खेल सम्पन्न भइसकेको अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा गोरखा नगरपालिका भित्रका ९ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमले क्रमश सात हजार पाँच सय र तीन हजार पाँच सय नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । गोरखा मेयर युवा फुटबल विकास परियोजनाको ‘नवौ ओसन कप २०८०’ अन्तरगत यु–१३ अन्तर विद्यालय लिग २०८० संचालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा १३ बर्ष मुनिका बिद्यार्थी मात्र सहभागीता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology