Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

संक्रमणकालीन न्याय छिटै टुंगिन्छ : प्रचण्ड


1K
Shares

संक्रमणकालीन न्याय छिटै टुंगिन्छ : प्रचण्ड

काठमाडौँ, १५ कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वका अवसरमा गरिने चियापानले पार्टीहरुको बीचमा समझदारीको राम्रो वातावरण बनाउने बताउनुभएको छ ।

नेकपा एमालेले बुधबार दसैँ, तिहार र छठ पर्वको अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमले दलहरुलाई सहमतिमा पुग्न राम्रो वातावरण बनेको बताएका हुन् ।

‘अस्ति नेपाली कांग्रेसले गरेको शुभकामना आदानप्रदान र आज एमालेले गरेको कार्यक्रमले पार्टीहरुको बीचमा समझदारी बनाउन राम्रो वातावरण बनेको मैले महसुस गरेको छु’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो , ‘म एमाले नेता कार्यकर्ता सबै साथीहरुलाई फेरि पनि शुभकामना भन्न चाहन्छु ।’

फरक प्रशंगमा प्रचण्डले संक्रमणकालीन न्यायको विषय टुङ्ग्याउन बुधबार बिहानमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र आफूबीच त्यसबारे सकारात्मक छलफल भएको समेत बताउनुभयो । ‘आज बिहानमात्रै हामीले छलफल गर्‍यौ । सकारात्मक छलफल भएको छ । यो विषय छिटै टुगिंन्छ’, प्रधानमन्त्रीको दाबी छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology