Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

प्रिन्सिपल हत्या प्रकरण ः प्रेमिकासहित ७ जना पक्राउ


2.6K
Shares

प्रिन्सिपल हत्या प्रकरण ः प्रेमिकासहित ७ जना पक्राउ

काठमाडौँ, १४ कात्तिक । बाराको कलैया स्थित बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ ९गुड्डु०को हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए । उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो ।

हत्यामा संलग्न आरोपमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एक अधिकृतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवती सहित ७ जना छन् । परस्त्रीसँगको सम्बन्धका कारण सर्राफको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले बताउनुभएको छ ।

अहिले प्रहरीको नियन्त्रणमा रहेकी सर्राफकी प्रेमिका अर्कोतिर पनि प्रेममा थिइन् । दुईतिरको प्रेम सम्बन्धका कारण प्रेमिका कै योजनामा सर्राफको हत्या गरिएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गत साउनमा बाराकै एक होटेलमा सर्राफको हत्या प्रयास गरिएको थियो । बाराका एसपी सुरेश काफ्लेका अनुसार सर्राफ दोस्रो प्रयासमा मारिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology