Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा जुवा खेल्दै गरेका पाँच जना नगद सहित पक्राउ


11.6K
Shares

गोरखामा जुवा खेल्दै गरेका पाँच जना नगद सहित पक्राउ

गोरखा, १४ कात्तिक :  गोरखामा जुवाको खालबाट पाँच जनालाई प्रहरीले नगद सहित पक्राउ गरेको छ । नगरपालिका–४ पिपलथोक स्थित लालप्रसाद श्रेष्ठको घरमा जुवा खेल्दै गरेका बेला उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक शेखर खड्काले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरुमा घरधनी श्रेष्ठ, दिनेश तमु सोही ठाँउका प्रकाश कुँवर, सुन्दर राना र गोरखा नगरपालिका–२ घर भएका सुरज मियाँ रहेको उहाँले बताउनुभयो । पक्राउ परेका तमु निर्माण व्यवसायी संघ गोरखाका उपाध्यक्ष समेत हुनुहुन्छ । सोमबार साँझ श्रेष्ठको घरबाट उनिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुबाट प्रहरीले ५५ हजार ५ सय १५ रुपैयाँ नगद समेत बरामद गरेको खड्काले बताउनुभयो । पक्राउ परेका चारै जना बिरुद्ध आज जिल्ला प्रशासन कार्यालयमा जुवा सम्वन्धी कसुर अन्तरर्गत शिर्षकमा मुद्वा दर्ता गराई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology