Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बारपाक सुलिकोटमा दियालो युवा क्लबको आयोजना ‘तेस्रो रञ्चोक कप भलिवल प्रतियोगिता’ हुने


5K
Shares

बारपाक सुलिकोटमा दियालो युवा क्लबको आयोजना ‘तेस्रो रञ्चोक कप भलिवल प्रतियोगिता’ हुने

गोरखा, १३ कात्तिक । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ‘ बृहत सांस्कृतिक कार्यक्रम एवम तेस्रो रन्चोक कप भलिवल प्रतियोगिता’ हुने भएको छ । दियालो युवा क्लबको आयोजनामा बारपाक सुुलिकोट गाउँपालिका–४, रन्चोकमा यहीँ कात्तिक २४ गतेदेखि २६ गतेसम्म प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष मिलन सुनारले जानकारी दिनुभयो ।

तिहार तथा छठ पर्व २०८० को अवसर पारेर क्लबले गाउँटोल स्तरीय मैत्रीपूर्ण पुरुष भलिवल प्रतियोगिताको आयोजना गरेको उहाँले बताउनुभयो  । प्रतियोगितामा पहिलो हुने टिमले रु २० हजार रुपैया, दोस्रो हुने टिमले रु १५ हजार रुपैया र तेस्रो हुने टिमले रु ९ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहाने टिमले कात्तिक २३ गतेसम्म टिम दर्ता गर्न सक्नेछ । टिम दर्ताका लागि ३ हजार रुपैया शुल्क तोकिएको अध्यक्ष सुनारले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरुको सांगीतिक प्रस्तुती समेत उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology