Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामा चार महिनादेखि नेपाल टेलिकमको फोरजी सेवामा समस्या


2.1K
Shares

बारपाक सुलिकोट र अजिरकोट गाउँपालिकामा चार महिनादेखि नेपाल टेलिकमको फोरजी सेवामा समस्या

गोरखा, १३ कार्तिक । गोरखाको बारपाक सुलिकोट गाउँपालिका, अजिरकोट गाउँपालिका लगायतका क्षेत्रमा गएको चार महिनादेखि नेपाल टेलिकमको फोरजी सेवामा समस्या उपभोक्ताहरुले इन्टरनेट सेवामा समस्या भोग्दै आएका छन् ।

उत्तर पश्चिम अजिरकोट गाउँपालिका भच्चेक, बारपाक सुलिकोट गाउँपालिका सौरपानी, पाँचखुवा दौउराली र ताकुकोटमा रहेको नेपाल टेलिकमको टावरबाट सर्वसाधारणले नेटवर्कको समस्या झेल्दै आएका हुन् । मोबाइल नेटवर्क र इन्टरनेट सेवा नियमित नहुँदा यस गाउँपालिका भित्र हुने प्रशासनिक काममा सेवाग्राहीहरू हैरान भोग्दै आएको उपभोक्ताहरुको गुनासो छ ।

लामो समयसम्म नेटवर्कमा समस्या आउँदा पनि टेलिकम गोरखा शाखाले मर्मत नगर्दा अनलाईन बाट लिनुपर्ने सेवामा कठिनाई भोग्नु परेको बारपाक सुलिकोट गाउँपालिकाका प्रवक्ता जीतबहादुर नेपालीले बताउनुभयो । गाउँघरमा मात्र होइन फोर जी नेटवर्क नआउँदा विद्यार्थी, सरकारी कार्यालयहरूले बिभिन्न सफ्टवेयर मार्फत सञ्चालन गर्ने गरेको दैनिक कामकाजमा समस्या आएको उहाँको भनाई छ ।

‘गाउँ बस्तिमा फोरजी सेवा नचल्दा टेलिकमले वेवास्था गर्नाले ग्रामिण भेगमा बस्ने उपभोक्ताहरु मर्कामा परेका छन, नेपालीले भन्नुभयो, गाउँ गाउँमा राखेको नमस्ते को टावरमा समस्या आउदा पनि शाखा नेपाल टेलिकमले मर्मत संभार नगर्दा बारपाक सुलिकोट बासी मर्कामा परेका छन् ।’

नेटवर्कमा आएको समस्याले गर्दा फोर जी सेवा सुस्त मात्र नभई फोन कल गर्दा टावरले काम गर्न छोड्ने, फोनमा कुरा गर्दा समेत समस्या आउने लगायतका समस्या उपभोक्ता भोग्नु परेको उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology