Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालीलाई वार्षिक एक लाख रोजगारी दिने कतारले बुढीगण्डकीमा लगानी गर्ने


1.6K
Shares

नेपालीलाई वार्षिक एक लाख रोजगारी दिने कतारले बुढीगण्डकीमा लगानी गर्ने

काठमाडौं, १३ कार्तिक । नेपालले कतारसँग बुढीगण्डकी जलविद्युत आयोजनासहित पूर्वाधार तथा पर्यटन क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीका लागि अनुरोध गर्ने भएको छ । कतारका अमिर ९राजा० शेख तमिम बिन अमद अल थानीको नेपाल भ्रमणका क्रममा नेपालले लगानीका लागी अनुरोध गर्ने भएको हो ।

नेपाली कांग्रेसले शनिबार आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस फर्केपछि कतारको राजा नेपाल आउने बताएका हुन् ।

कतारसँग नेपालले सन् १९७७ मा दौत्य सम्बन्ध कायम गरे पनि हालसम्म उच्चस्तरीय भ्रमण भएको थिएन । नेपाली युवाका लागि रोजगारीको प्रमुख गन्तव्य बनेको कतारबाट पहिलोपटक उच्चस्तरीय भ्रमण हुने भएको हो । सन् २०१३ देखि कतारको अमिरका रुपमा शासन गरिरहेका शेख तमिमको नेतृत्वमा कतारले निकै ठूलो फड्को मारेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालका लागि वैदेशिक रोजगारीदेखि वैदेशिक व्यापारसम्म पनि ठूलो हिस्सा ओगट्ने कतारका अमिर ९राजा० शेख तमिम बिन अमद अल थानीको कात्तिक २० गते दुई दिने नेपाल भ्रमण हुने भनिएकोमा एक साता सरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसँग कतारी अमिरको भेट निश्चित भइसकेको छ भने उनले अन्य विशिष्ट व्यक्तिसँग पनि भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उक्त भेट द्विपक्षीय व्यापार तथा लगानी प्रवर्धनमा केन्द्रित रहने जनाइएको छ ।

कतारले नेपाल सरकारसमक्ष बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिन प्रस्ताव गरेका कारण अमिरको भ्रमणमा यसबारे पनि छलफल हुने जनाइएको छ । १२ सय मेगावटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी गेजुवालाई जिम्मा दिइएको भए पनि पछि सरकार आफैँले बनाउने भन्दै गत २०७९ भदौमा फिर्ता लिएको थियो ।

वैदेशिक रोजगारीमा ठूलो योगदान पुर्‍याएको कतारसँग नेपालले सन् २००५ मा श्रम सम्झौता गरेको थियो । श्रम सम्झौता गरेसँगै कतार जाने युवाको संख्या उच्च छ ।

वार्षिक लाखौंको संख्यामा कतारमा नेपालीहरु रोजगारीका लागि गएको सरकारी तथ्यांकले देखाउँछ । नेपालबाट आर्थिक वर्ष २०७९र८० मा नयाँ तथा पुनः श्रम स्वीकृति लिई कतारमा १ लाख ३३ हजार २६२ जना पुगेका छन् । त्यस्तै, आव २०७८र७९ मा १ लाख ८४ हजार ९२६ जना कतार पुगेका थिए भने आव २०७७र७८ मा कोरोनाले गर्दा ५४ हजार ९१७ जनामात्र कतार पुगेका थिए ।

त्यसैगरी, आव २०७६र७७ मा ८१ हजार ५७८ जना, आव २०७५र७६ मा १ लाख ६१ हजार २१५ जना, आव २०७४र७५ मा १ लाख ५६ हजार ३२८ जना नेपाली युवा कतार पुगेका थिए ।

नेपालीहरुको वैदेशिक रोजगारीमा प्रमुख गन्तव्य बनेको कतारको रेमिट्यान्समा पनि ठूलो योगदान छ । नेपाल राष्ट्र बैंकअनुसार आव २०७३र७४ मा ६ खर्ब ९५ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा सबैभन्दा बढी कतारबाट विप्रेषण आप्रवाह भएको थियो । उक्त आर्थिक वर्ष कतारबाट मात्रै १ खर्ब ४ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो । यो कुल रेमिट्यान्सको १५ प्रतिशत हो ।

साथै, सन् २०१९र२० को ४ महिनाको अवधिमा ३ खर्ब ४ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । सो अवधिमा सबैभन्दा बढी कतारबाट रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र बैंकका अनुसार सन् २०१९र२० को चार महिनाको अवधिमा ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो, जुन कुल रेमिट्यान्सको १७।७ प्रतिशत हिस्सा हो ।

वैदेशिक रोजगारीसँगै नेपालले वार्षिक अर्बौं रुपैयाँको वैदेशिक व्यापार पनि कतारसँग गर्दै आएको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमात्रै नेपालले कतारसँग १३ अर्ब ४१ करोड ७६ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको थियो ।
नेपालले १३ अर्ब ३० करोड ६९ लाख रुपैयाँको वस्तु आयात गरेको थियो भने ११ करोड ६ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । नेपालले गत वर्ष कतारसँग १३ अर्ब १९ करोड ६२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

नेपालले चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा कतारसँग ५१ करोड ९० लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । जसमा नेपालले ४७ करोड १० लाख रुपैयाँको वस्तु आयात गरेको छ भने ४ करोड ८० लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । नेपालले उक्त अवधिमा ४२ करोड ३० लाख रुपैयाँको वैदेशिक व्यापार घाटा कतारसँग व्यहोरेको छ ।

नेपालले कतारबाट विशेषगरी चकलेट, पेट्रोलियम बिटुमेन, रेयर ग्यासेस, अन्य युरिया, स्याम्पो, ब्युटी प्रोडक्ट, कच्चा पोलिथिन, ह्यान्डब्याग, तयारी पोसाक, फुटवेयर, सुन, आइरन स्टिल, घरायसी सामग्री, विद्युतीय सामग्री, स्मार्टफोन, हेडफोन, टेलिभिजन र अन्य विभिन्न सामग्री आयात गर्दै आएको छ । नेपालले भने कुरिलो, क्याप्सिकम, अदुवा, पास्ता, च्यावनप्रास, कार्पेट, सल, मफ्लर, झोला र स्पोर्टस् वेयर निर्यात गर्दै आएको छ ।

गैरआवासीय नेपाली संघका बागी अध्यक्ष आरके शर्माका अनुसार कतारको विकासमा नेपालीले ठूलो भूमिका निर्वाह गरेका छन् । शर्मा कतारमा निर्माणसम्बन्धी व्यवसायमा संलग्न छन् ।

शर्माका अनुसार कतारका अमिरको भ्रमणका क्रममा नेपाल सरकारले कतारबाट वैदेशिक रोजगारीबाट फर्केका नेपालीलाई उनीहरुले सिकेको सीप र ज्ञानलाई उद्यमशीलतामा लैजान लागि भेन्चर क्यापिटल कम्पनी कतारी लगानीमा स्थापना गर्नका लागि पहल गर्नु राम्रो हुन्छ । कम्तीमा पनि १० अर्ब रुपैयाँ लगानीमा भेन्चर क्यापिटल स्थापना भएमा कतारमा काम गरेर सीप र ज्ञान सिकेका नेपालीले नेपालमा उद्यमशीलता बढाउन सक्ने शर्माको विचार छ ।

यसैगरी, कतारलाई चाहिएका दक्ष कामदारका लागि कतारकै लगानीमा नेपालमा तालिम केन्द्र खोल्न पहल गर्न सकिने उनको भनाइ छ । कतार एयरलाइन्सलाई सम्भव भएसम्म पोखरा र भैरहवा नभए ती दुवै मध्ये कुनै एक विमानस्थलमा नियमित उडानका लागि विशेष अनुरोध गर्न पनि उनले सरकारलाई अनुरोध गरेका छन् ।

नेपालमा लगानी बढाउने उद्देश्यले कतार र नेपालबीच दोहोरो कर नलाग्ने सम्झौता ९डीटीए० भइसकेको छ भने द्विपक्षीय लगानी प्रवर्धन सम्झौता ९बिप्पा० गर्न पनि कतार इच्छुक छ । दुइ वर्षअघि नै नेपालमा लगानी बढाउने उद्देश्यले कतारको ठूलो मानिएको दोहा बैंकको नेपालमा सम्पर्क कार्यालय खुलिसकेको छ ।

शर्माका अनुसार नेपाल सरकारले कतारका अमिरको भ्रमणमा अल्पकालीन र दीर्घकालीन योजना बनाएर लगानीका प्रस्ताव अघि सार्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology