Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सिंगो गाउँ नै अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा


3.6K
Shares

सिंगो गाउँ नै अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा

रुकुम पश्चिम,१० कात्तिक । छेउमै मग्मा खोला बग्छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका–६, बाकी गाउँकी ७३ वर्षकी चन्द्रकली कुसारी घरमा धेरैजसो टोलाएर बस्छिन् । उमेरले बुढ्यौली जीवन विताइ रहेकी उहाँलाई अहिले आफ्नै गाउँ बिरानो लाग्न थालेको छ ।

चन्द्रकलीलाई गाउँ बिरानो लाग्ने कारण हो यो दुर्गम गाउँमा भित्रिएको ‘अमेरिका छिर्ने लहर ।’ गाउँ नै रित्तिँदै जान थालेपछि उनीभित्रको रिक्तता पनि बढ्दैछ । चन्द्रकली भन्छिन्, ‘गाउँका सबै अम्रिका जान थाले, हामी बुढाबुढी एक्लै हुने भयौं ।’

हुन पनि चन्द्रकलीका छोरा बुहारी मात्र हैन, भाइ बुहारी, भदैदेखि नातीसम्म अमेरिका छिरेका छन् । सन्तानले लगे भने आफू पनि जाने सोचमा छिन् यी ७३ वर्षीया वृद्ध । उनी भन्छिन्, ‘छोराले लान्छु भनेको छ, लगे उतै जान्छु ।’

चन्द्रकलीलाई जस्तै जीवनको उत्तराद्र्धमा आफ्नो थातथलो छोडेर हिँड्नु पर्ने बाध्यता आइलाग्छ कि भन्ने लाग्छ बाकी गाउँकै ७८ वर्षका दर्बे र ७० वर्षकी घान्ते कुसारीलाई पनि । किनकी तीन वर्ष अघि ९० लाख रुपैयाँ तिरेर गैरकानुनी बाटोबाट अमेरिका छिरेका उनका छोरा लोकेस कुरासीले ‘चाँडै बुबा आमालाई पनि लैजाने’ भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology