Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

इजरायल (हमास युद्ध रोक्ने प्रस्ताव राष्ट्र संघको महासभाबाट पारित, नेपालको मत पक्षमा


896
Shares

इजरायल (हमास युद्ध रोक्ने प्रस्ताव राष्ट्र संघको महासभाबाट पारित, नेपालको मत पक्षमा

काठमाडौं ,११ कात्तिक । संयुक्त राष्ट्रसंघले इजरायल(हमास युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । संयुक्त राष्ट्र संघको महासभाले गाजामा तत्काल दिगो ‘मानवीय युद्धविराम’ को माग गर्दै प्रस्ताव पारित गरेको हो ।

युद्ध विरामको पक्षमा नेपालसहित १२० देशले मतदान गरेका छन् । १४ देशले विपक्षमा मतदान गरेका छन् । ५४ देश भने मतदानमा सहभागी भएनन् ।

अमेरिकाको न्यूयोर्कमै बैठक बसेको थियो । बैठकबाट युद्ध विराम गर्ने प्रस्ताव पारित भए पनि इजरायलले भने अस्वीकार गरेको छ । बैठकमा इजरायलका राजदूत गिलाड एर्डनले चुप लागेर नबस्ने चेतावनीसमेत दिनुभयो ।

इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार भएको बताउँदै उहाँले हमासको अत्याचार सहेर नबस्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology