Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एक युवक मृत फेला, हत्याको आशंका


2.4K
Shares

एक युवक मृत फेला, हत्याको आशंका

जनकपुरधाम,९ कात्तिक, । एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको हो ।

मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिनुभयो । उहाँका अनुसार मुखमा रगत देखिएको छ र घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको छ ।

घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको उहाँले बताउनुभयो । हत्या घटना रातिकै हुन सक्ने प्रहरीको अनुमान छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology