Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखामा पिङ खेल्दा लडेर एक जनाको मृत्यु


5.7K
Shares

गोरखामा पिङ खेल्दा लडेर एक जनाको मृत्यु

गोरखा, ७ कात्तिक :   गोरखामा पिङबाट लडेर एकजनाको मृत्यु भएको छ । पिङ खेल्ने क्रममा लडेर पालुङटार नगरपालिका वडा नम्बर ८ की कल्पना कोइरालाको मृत्यु भएको प्रहरी निरीक्षक शेखरले जानकारी दिनुभयो ।

पालुङटार–८ मिलनचोकमा सोमबार साँझ पिङ खेल्ने क्रममा लडेर उहाँ लडेर गम्भीर घाइते हुनुभएको थियो । घाइते कोइरालालाई उपचारका लागि गोरखा अस्प्ताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिङबाट लडेर कोइरालाको टाउकोमा गम्भीर चोट लागेको थियो । उहाँको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि गोरखा अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology