Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

हमासको आक्रमणमा मृत्यु भएका ४ जनाको शव धनगढी लगियो


1.9K
Shares

हमासको आक्रमणमा मृत्यु भएका ४ जनाको शव धनगढी लगियो

काठमाडौं,५ कात्तिक । इजरायलमा प्यालेस्टिनी लडाकू समूह हमासको आक्रमणमा परी मृत्यु भएका नेपालीहरुमध्ये काठमाडौं ल्याएका चार जनाको शव धनगढी लगिएको छ ।

नेपाली सेनाको स्काई ट्रकमार्फत चार जनाको शव धनगढी विमानस्थल लगिएको नेपाली सेनाले जनाएको छ । दार्चुला मालिकार्जन(४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम(५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी(४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ(३ का आशिष चौधरीको शव नेपाल आज बिहान काठमाडौँ ल्याइएको थियो ।

काठमाडौं ल्याइएका चारवटै शवलाई अपराह्न नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो । उनीहरू शवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाली सेनाको गणमा श्रद्धाञ्जली अर्पण गरिएको थियो । परराष्ट्रमन्त्री एनपी साउद, नेपालका लागि इजरायली राजदूत लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रद्धाञ्जली अर्पण कार्यक्रमपछि राजदूत हनान गोडरले मृत्यु भएका नेपालीहरुलाई आफूहरुले आफ्नै परिवारको सदस्य ठानेको भन्दै शोक व्यक्त गरेका थिए ।

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार अन्य ६ जना नेपालीको शव भने पहिचान गर्ने र पठाउने प्रक्रिया पूरा गर्न केही दिन लाग्ने भएको छ ।

कृषि विषय पढ्दै कमाउँदै गर्न इजरायलमा पुगेका नेपाली विद्यार्थीहरु गत असोज २० गते हमासले गरेको आक्रमणमा परेका थिए । आक्रमणमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भए पनि एक जना विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology