Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा भुकम्पमा परेर एक जना घाईते, दर्जनौ घरहरुमा क्षति


3.7K
Shares

गोरखामा भुकम्पमा परेर एक जना घाईते, दर्जनौ घरहरुमा क्षति

गोरखा ५ कार्तिक । भुकम्पमा परेर गोरखामा आज एकजना गम्भीर घाइते भएका छन् । भुकम्पमा परेर गोरखा नगरपालिका–३, नारेश्वर भौटेनीकी ३० बर्षकी ससुरी थापा घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गोरखा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डिएसपी रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नवरात्री अन्तर्गत अस्टमी पुजाको तयारीका लागि बिहान घरको दोस्रो तल्लामा पुजाको थालीहरु माझिरहेको बेला भुकम्प गएपछि थापा दुई तल्ला माथी छतबाट हाम फाल्नु भएको थियो ।

घाइते थापाको गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन स्थित पुरानो मेडिकल कलेज पठाइएको उहाँले जानकारी दिनुभयो ।

थापाको बायाँ खुट्टा भाँचिएको र ढाँडमा गम्भीर चोट देखिएपछि चितवन रिफर गरिएको गोरखा अस्पतालले जनाएको छ ।

आज बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको थियो । भुकम्पले गोरखाको सहिदलखन, भिमसेन थापा र गण्डकी गाउँपालिका भित्रका दर्जनौं पुराना माटोका घरहरु चर्किएको छ । क्षती विवरण सकलन गर्ने काम भईरहेको डिएसपी श्रेष्ठको भनाइ छ ।

भुकम्पको लगातारको पराकम्पले मानिसहरु त्रसित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology