Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

गोरखामा भुकम्पको कडा धक्का महसुस (क्षतिको बिबरण आउन बाँकी)


5.8K
Shares

गोरखामा भुकम्पको कडा धक्का महसुस (क्षतिको बिबरण आउन बाँकी)

गोरखा, ५ कात्तिक :  गोरखा जिल्ला भित्र भुकम्पको कडा धक्का महसुस गरिएको छ । आज बिहान करिब ७ बजेर ३९ मिनेटमा गएको भुकम्पका कारण सदरमुकाम लगायतका क्षेत्रका मानिसहरुमा भागदौड समेत मच्चिएको थियो ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार ६ दशमलब १ रेक्टर स्केलको भुकम्प गएको हो । धादिङको खरी केन्द्रबिन्दु भएर गएको गएको भुकम्प जिल्ला भित्रका अधिकासं क्षेत्रमा महसुस गरिएको थियो । करिब ३० मिनेटको अबधीमा ५ पटकभन्दा बढी भुकम्प गएको थियो ।

भुकम्पका कारण कति क्षति भयो भन्ने एकिन बिबरण प्राप्त नभएपनि केही घरहरुमा क्षति पुगेको छ । भुकम्पको केन्द्र बिन्दु आसपासको बोर्लाङ, नाम्जुङ, बुङकोट लगायतका क्षेत्रमा भुकम्पले केही घरहरुमा क्षति पुगेको हो ।

भुकम्प गएपछि मानिसहरु घर बाहिर निस्किएर भागेका थिए । भुकम्प फेरी आउने त्रासले मानिसहरु घर बाहिर निस्किएर बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology